भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं, चैत २३ ।  गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरु जान रोक लगाएको छ ।

मानवतस्करले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  झन कठोर गृहमन्त्री, यातायात समितिका पदाधिकारीको बैंङ्क खाता रोक्का, सम्पत्ति छानबीन गर्ने निर्णय

खाडीमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीय समितिमले अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थल अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलेमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको हो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

कमेन्ट गर्नुहोस्