म्यादी प्रहरीले पाएनन् युनिफर्म

काठमाडौं , चैत २३ । स्थानीय निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीका लागि अहिलेसम्म युनिफर्मको व्यवस्था शुरु नगरिएका कारण उनीहरु बिनायुनिफर्म कार्यक्षेत्रमा खटिनुपर्ने अवस्था सिर्जना भएको छ ।

गृह मन्त्रालयले म्यादी प्रहरीको युनिफर्म तथा उनीहरुको खाने बस्ने व्यवस्थाको प्रवध गर्न नेपाल प्रहरीलाई जिम्मा दिएको भएपनि अहिलेसम्म प्रहरीले कुनै काम अगाडि बढाएको छैन ।

लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको प्रहरी संगठन अहिले ती काम अगाडि बढाउन आलटाल गरिरहेको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

कमेन्ट गर्नुहोस्