२८ जर्मन पर्यटक मेक्सिकोमा लुटिए

मेक्सिको सिटी (मेक्सिको), चैत २३ । मेक्सिकोको दक्षिणी राज्य चियापासमा ग्रामीण सडकमा यात्रा गरिरहेका २८ जना जर्मन पर्यटकको समूहलाई सडकमा गाडी रोकी लुटिएको छ ।

चियापासको राज्य अभियोजकको कार्यालयले शनिबार पालेङ्कतर्फ हिँडिरहेका जर्मन पर्यटकलाई जबरजस्त बाटोमा रोकी लुटिएको सोमबार बताएका छन् । लुटेराहरुले बन्दुक र चक्कु देखाई पर्यटकको मूल्यवान सामान लुटेको बताइएको छ ।

लुटेराले पर्यटकमाथि साङ्घातिक हमला भने नगरेको तर बन्दुक र चक्कु देखाई तर्साएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: