१९५० को सन्धी पुनरावलोकनबारे ठोस प्रस्ताव पेश गरिने

काठमाडौं, चैत २३ । नेपाल र भारतबीच यसअघि भएका विभिन्न सन्धी तथा सम्झौताको समीक्षा गर्न गठन भएको प्रबुद्ध समूहको बैठक काठमाडौंमा शुरु भएको छ ।

यसअघि दुईपटक बैठक सम्पन्न भएपनि समूहले ठोस धारणा अघि सारेको छैन ।

उक्त प्रबुद्ध समूहलाई सन् १९५० को सन्धी तथा मैत्रीसन्धि लगायत अन्य दुईपक्षीय सन्धी सम्झौताको पुनरावलोकनको आवश्यकता बारे छलफल गर्ने अधिकार दिइएको छ ।

वैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रविद् डा.भेषबहादुर थापाले र भारतीय टोलीको नेतृत्व भारतीय जनता पार्टीका नेता भगत सिंह कोशियारीले गरेका छन् ।

यसअघिका वैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको भन्दै नेपालले के संशोधन चाहेको प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएको छ ।

आजको वैठकमा १९५० को सन्धी पुनरावलोकनबारे ठोस प्रस्ताव गरिने आचार्यले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: