राप्रपाको विस्तारित बैठक सम्पन्न

काठमाडौँ, चैत २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पूर्ण जिल्ला कार्यसमितिमा विस्तारित बैठक सम्पन्न भएको छ ।

पार्टीको आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले यही चैतको पहिलो सातादेखि विस्तारित बैठक सुरु गरेको थियो।

देशका सबै जिल्ला कार्यसमितिले आफ्नो अनुकूलतामा विभिन्न मितिमा गरेको बैठकले नयाँ संरचनाअनुसार वडा, गाउँ र नगरका विभिन्न इकाइलाई समायोजन गर्ने निर्णय गरेका छन्।

पछिल्लो समय निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हटाउन गरेको निर्णयविरुद्ध जनमत तयार गर्ने निर्णय गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका नेता र कार्यकर्ताले स्थानीय तहमा पारेको प्रभावका आधारमा उम्मेद्वार बनाइनेछ ।

पार्टीका अर्का नेता किरण गिरीले आगामी निर्वाचनमा पार्टीलाई विजय निश्चित गराउन विस्तारित बैठकको महत्व रहेको उल्लेख गर्दै जिल्लामा कार्यकर्ता भेला तथा सभालगायत राजनीतिक गतिविधिका माध्यमबाट जनताका घर घरमा पुग्ने लक्ष्य रहेको बताए। राप्रपाले विभिन्न जिल्लामा ‘जनताको माझमा राप्रपा’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: