कुनै पनि हालतमा मूल्यवृद्धि नगर्न प्रधानमन्त्रीको आयल निगमलाई निर्देशन

काठमाडौं, चैत २३ । प्रधानमन्त्री प्रचण्डले जनतासँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य बृद्धिबारे कुनै पनि निर्णय नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

ग्यास, पेट्रोल र मट्तिेललगायतका पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुने आशंका बढेपछि आपूर्ति मन्त्रालय र आयल निगमका पदाधिकारीलाई बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन ।

अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गर्ने नीति लिएको आयल निगमले भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपालमा भने बढाउन गइरहेको आशयको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले चासो लिएका हुन ।

आयल निगमलाई अहिलेको अवस्थामा मूल्यवृद्धि नगर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रचण्ड सरकारको पालामा मुद्रास्फिति अन्य सरकारको तुलनामा निकै कम रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: