सिरियामा रसायिनक हमला, १ सय बढीको मृत्यु

सिरिया, चैत २३ । सिरियामा भएको संदिग्ध रसायिनक हमलामा एकसय भन्दा बढीको मृत्यु भएको छ ।

सयौं अन्यलाई श्वासप्रसाससम्बन्धी समस्या देखिएको छ ।

सिरियाको खान शेखुन सहरमा भएको हमलामा अधिकांश बालबालिकाको मृत्यु भएको छ । विद्रोहीहरुको कब्जामा रहेको उक्त सहरमा भएको यो हमला कसले गरेको भन्ने बारेमा केही स्पष्ट भएको छैन । मर्ने मानिसको संख्या बढ्ने सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स संस्थाले जनाएको छ ।

४० भन्दा बढी पटक रसायिनक हमला भएको समाचार एजेन्सीहरुले सार्वजनिक गरेका छन् ।

संयुक्त राष्ट्र संघले उक्त घटनाको निन्दा गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: