वैद्य माओवादीको सिंगो जिल्ला कमिटि माओवादी केन्द्रमा

रुकुम, २३ चैत । रुकुममा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएको छ ।

स्थानिय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भमा माओवादी पार्टीलाई विजय गराउन केही समयदेखि चलेको छलफलको निश्कर्षको रुपमा जिल्ला स्तरका एकता गर्ने निर्णयमा पुगेको र नेकपा (क्रान्तिकारी) माओवादीको जिल्ला समिति सहित पार्टी र जबसका सम्पूर्ण तह र सदस्यहरु नेकपा माओवादी केन्द्रमा समाहित भएको कुरा नेकपा माओवादी केन्द्र जिल्ला सम्मेलन आयोजक समति रुकुमका संयोजक गोपाल शर्मा र नेकपा (क्रान्तिकारी) माओवादी रुकुमका सेक्रेटरी प्रेमजंग शाह द्धार जारि गरिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ –‘उक्त एकता प्रक्रियाले क्रान्तिकारीहरुलाई थप उत्साहित पार्दै क्रान्तिकारी आन्दोलनलाई अझ उचाईमा उठाउन महत्वपूर्ण भुमिका खेल्ने र प्रतिक्रियावादी र यथास्थितिवादीलाई ठुलो धक्का दिने विश्वास गरिएको छ । ’

उनीहरुले विभिन्न ध्रुवमा रहेका क्रान्तिकारीहरुलाई र सिंगो माओवादी अभियानलाई एकतावद्ध गर्ने अभियानमा लागि पर्न सम्पूर्णमा आव्हान गरेका छन् ।

कमेन्ट गर्नुहोस्