लल्जास्पद हारपछि प्रहरीद्वारा एल्डेन्सका प्रशिक्षक पक्राउ

भ्यालेन्सिया, चैत २३ । स्पेनिस तेस्रो डिभिजनको टोली एल्डेन्सले सेगुन्डा डिभिजन ‘बी’ मा बार्सिलोनाको रिजर्भ टोलीसँग १२–० ले पराजित भएपछि खेल असाधारण मानिएको छ । यसले गर्दा सोधपुछका लागि एल्डेन्सका प्रशिक्षक फिलिपो डी पिएरोलाई स्पेनिस प्रहरीले पक्राउ गरेको छ ।

फिक्सिङ्गको आरोपमा डी पिएरोलाई प्रहरीले छानबिनका लागि पक्राउ गरेको हो ।

एल्डेन्सको पराजय स्पेनिस तेस्रो डिभिजनको इतिहासमा यो नै सबैभन्दा ठूलो हार
रहेको छ ।

बार्सिलोना ‘बी’ भने समूहको शीर्षस्थानमा छ । खेलपछि स्पेनी रडियो काडेना सेरसँग अन्र्तवार्तामा एल्डेन्सका डिफेन्डर इमायुएल मेन्डीले आफूलाई सहायक प्रशिक्षक फ्रान रुइजले खेलमा मिलेमतो गर्ने योजना सुनाएको बताएका थिए ।

त्यस्तै काडेना सेरसँग कुराकानीमा सहायक प्रशिक्षक रुइजले आफूलाई माथिबाट आदेश आएको बताए ।

एजेन्सी

कमेन्ट गर्नुहोस्