चुनाव सम्बन्धी नयाँ शक्तिको कार्ययोजना प्रस्तुत

काठमाडौं, चैत २३ । नयाँ शक्ति पार्टी नेपालले निर्वाचन सम्बन्धी कार्ययोजना तयार पारेकाे छ । नयाँ शक्ति पार्टीले तयार पारेकाे कार्ययाेजना पारित समेत भएकाे छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नमुना गाउँपालिकाको योजना सार्वजनिक गरेको छ।

नयाँ शक्तिले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र सबैलाई सहभागी गराउने निर्वाचन चाहेको बताएको छ । नयाँ शक्ति पार्टी निर्वाचनप्रति प्रतिबद्ध रहेको जनाएको छ । तर सरकार र केही राजनीतिक दलहरु निर्वाचनप्रति गम्भीर नदेखिएको आरोपसमेत लगाएको छ । समयमै निर्वाचन गर्न निर्वाचनको वातावरण बनाउन आग्रह गरेको । यसैका लागि ७ बुँदे शर्तसहित निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।

निर्वाचनलाई लक्षित गरेर नयाँ शक्तिले तयार गरेको नमुना गाउँपालिकामा प्रत्येक वडामा एउटा बाल उद्यान निर्माण, एउटा ज्येष्ठ नागरिक स्यहार केन्द्र, प्रत्येक वडामा एउटा ुवाइफाई फ्री जोन हुनेछन् । त्यस्तै गाउँपालिकासँग एउटा एम्बुलेन्स, प्राकृतिक प्रकोप उद्धार स्थल, न्युनतम एउटा बैंक राख्ने लगायतका कार्यक्रम छन् ।

त्यस्तै प्रत्येक टोलमा खानेपानी ट्याङ्की र घरघरमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उल्लेख छ। त्यस्तै विद्युत नपुगेको घरमा ९० प्रतिशत सरकारी अनुदान र १० प्रतिशत घरधनीको सहयोगमा सोलारको व्यवस्था गर्ने उल्लेख छ।

नयाँ शक्तिको केन्द्रीय समितिले पारित गरेको निर्वाचन योजना अनुसार प्रत्येक गाउँपालिकामा १ सय र नगरपालिकामा ५ सयलाई विभिन्न क्षमता अभिवृद्धिको काममा लगाउने उल्लेख छ। ुकाष्ठ तथा फर्निचर, टेक्सटाइल, मेकानिकल सामग्री, कृषि, औजार, सिमेन्ट, साबुन, इँटा, होटल स्थापना लगायतमा क्षमता अभिवृद्धि गराउने योजना तयार गरेको हो ।

पर्यटन विकासमा होमस्टे कार्यक्रम, कृषि विकासका लगि मलखाद, बिउबिजन, कृषि उत्पादन संकलन र बिक्री केन्द्रको स्थापना र सञ्जालन गर्ने उल्लेख छ ।

यस्तो छ निर्वाचनसम्बन्धि नयाँ शक्तिले तयार पारेको कार्ययोजना

PlanForElection-NayaShakti

कमेन्ट गर्नुहोस्