धुलिखेल होटलमा हिमानी र मनिषासँगै

चैत २३ । नेपाली मुलकी बलिउड नायिका मनिषा कोइरालालाई खासै पर्दामा देख्न पाइँदैन ।

पाठेघर हुनतः क्यान्सरबाट मुक्त भएपछि दोस्रो जीवन सुरु गरेकी मनिषा अहिले बलिउड अभिनेता संजय दत्तको जीवनमाथी निर्माण भइरहेको चलचित्र अभिनयरत छिन् । तर पछिल्लो धेरैसमयदेखि मनिषा कहिले योगाश्रम त कहिले होटलहरुमा भेटिन थालेकी छिन् ।

त्यस्तै पछिल्लो समय भने उनलाई पूर्व राजकुमारी हिमानी शाहसँगै धुलीखेलको द्वारीका होटेलमा भेटिएकी छिन् ।

नायिका मनिषाले आफ्नो इष्टाग्राममार्फत सो धुलिखेलमा पूर्वराजकुमारी हिमानीसहितको तस्बिर सार्वजनिक गर्दै सो जानकारी दिएकी हुन् । उनले धुलिखेल मौसमको तारिफ समेत गरेकी छिन् ।

तस्बिरमा मनिषा र हिमानीको अलवा केही महिला पनि देखिएका छन् । मनिषाले हिमानीसँगको भेटको बिषय तस्बिरका साथ खुलाएकी छैनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: