अब मधेसी दल एउटै हुन्छ : यादव

काठमाडौं, चैत २३ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता एवम् मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अब छिट्टै नै तराईका मधेसका सबै पार्टीहरु एकतावद्ध हुने र एउटै झण्डामुनि हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘मधेश केन्द्रित दलहरुबीच एकता गर्ने कुरा समय र जनताको माग हो, त्यसैले हामी मधेश केन्द्रित दलहरुको एकता आवश्यक छ, ज्योतिषले सिफारिश गरेको शुभदिन पारेर हामी एकता घोषणा गछौं, अब सबै मधेशी दलवीच एकता हुन्छ, एउटै पार्टी र एउटै झण्डा हुन्छ।’

कार्यक्रममा संविधान संशोधन नभएसम्म आफूहरु निर्वाचनमा भाग नलिने स्पष्ट समेत पार्दै नेता यादवले संविधानलाई पूर्ण नबनाईकन आफूहरु निर्वाचनमा नजाने बताए ।
उनले भने, ‘यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं । हामीविना नै यो सरकारले चुनाव गराउने हो भने हाम्रो भन्नु केही छैन ।’

उनले बारम्बार सहमतिका लागि प्रयासहरु भइरहेको भएतापनि अझैसम्म ठोस प्रस्ताव अघि नसारिएको बताए । यादवले आफूहरु निर्वाचनको विरोधी नभएको भन्दौ तराईको माग भने सम्बोधन गरिनुपर्नै
बताए ।

उनले अहिले मोर्चालाई ठूला दलहरुले लोकतन्त्र र निर्वाचनको पाठ पढाउने काम भएको बताउँदै नेपालको क्रान्ति र ठूला ठूला आन्दोलनका ईतिहास खोतल्ने हो भने हामी मधेशी जनताको योगदान कम नरहेको बताए ।

‘संघीय गणतन्त्र स्थापनाको लागि मधेशी जनताले विद्रोह नै गरे नि, तर एमालेले आजसम्म कुन आन्दोलन र क्रान्तिको नेतृत्व गर्यो त ?’ –यादवले प्रश्न गरे । उनले प्रमुख प्रतिपक्षी दल एमालेले क्रान्तिको नेतृत्व नगर्ने र भाग खोज्ने काम मात्रै गरेको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्