घर प्रवेशको ‘प्रसाद खाँदा’ ५० जना बिरामी

सिन्धुली चैत २३ । सिन्धुलीको दुधौली–११ स्थित मैनीमा पूजा गरेको भगवानको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी भएका छन् ।

स्थानीय नरसिंहबहादुर खड्काको घर प्रवेशको अवसरमा भएको पूजामा प्रसाद खाई फर्किएका स्थानीयमा एक्कासी झडापखाला फैलिएको थियो । केहीमा ज्वरो आउने हुँदा धेरै विरामी चिन्ताजनक अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

बुधबार जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको टोली सदरमुकाम सिन्धुलीमाडीबाट घटनास्थलतर्फ गएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताएका छन् ।

घटनास्थलमा स्थानीय नागरिक समाज, प्रहरी र दुधौलीस्थित इलाका स्वास्थ्यचौकीले प्राथमिक उपचारको प्रयास जारी राखेको जनाइएको छ ।

पूजाको प्रसाद खाएका बिरामीहरुमा ‘फूड पोइजन’ भएको आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: