पुलिसलाई हराउँदै आर्मी फाइनलमा

इलाम, चैत २३ । इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलमा नेपाल पुलिस क्लवलाई हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको हो ।

आर्मीको जितमा टंक बस्नेत र सन्तोष तामाङले १–१ गोल गरेका थिए ।

खेलमा आर्मीकै विमल पाण्डे ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरीको भिडन्त हुनेछ ।

कमेन्ट गर्नुहोस्