‘सि अफ जापान’ मा उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल

चैत २३ । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । देशको पूर्वी तटीय क्षेत्र सिङ्पोबाट द सि अफ जापानमा ब्यालेस्टिकमा सो मिसाइल प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

मिसाल झण्डै ६० किलोमिटरको दूरिसम्म गएर समुद्रमा खसेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । गत महिना मात्रै उत्तर कोरियाले सि अफ जापानतर्फ चारवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि किसिमको आणविक हतियार बनाउन तथा प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको छ । उसले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिका भ्रमण सुरु गरेकै बेला उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच उत्तर कोरियाको विषयमा छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: