देउवा र डा भट्टराईबीच भेटवार्ता

काठमाडौँ,  चैत २४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो ।

सो अवसरमा डा भट्टराईले आफ्नो पार्टीले माग गर्दै आएको निर्वाचन चिह्नबारे राख्नुभएको जिज्ञासामा सभापति भट्टराईले सकारात्मक जवाफ दिनुभएको डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

नयाँशक्ति पार्टीले चुनाव चिह्नलाई लिएर केही दिनदेखि धर्ना कार्यक्रम गर्दै आएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: