पूर्वराजपरिवारको सम्पत्ति फेरि खोज्दै ट्रस्ट

काठमाडौं, चैत २४ ।  स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ ।

विभिन्न जिल्लामा सम्पत्ति खोजविन गर्न खटिएको टोलीले धनुष, उदयपुर, सप्तरी, कपिलवस्तु, पर्सा, मुस्ताङ र मनाङ जिल्लाको सम्पत्ति खोजी शुरु गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता लेखबहादुर कार्कीले बैशाख महिनाभित्र सात जिल्लाको सम्पत्ति खोज्न प्राविधिकसहितको टोली खटाउने तयारी भइरहेको बताए ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

कमेन्ट गर्नुहोस्