मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रत्ननगर (चितवन),चैत  २४। पूर्वी चितवनको खैरहनीमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

चितवनको खैरहनी नगरपालिका–५ कुमरोजस्थित भित्री सडकमा ना ११ प ४५६१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक सोही ठाउँका ५० वर्षीय जियन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । रासस

कमेन्ट गर्नुहोस्