काठमाडौं महानगरपालिका मेयरको उम्मेदवार म होइन–योगेश

ताप्लेजुङ, चैत २४ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूलाई काठमाडौं महानगरपालिकाको मेयर भनेर गरिएको प्रचारमा सत्यता नरहेको बताएका छन् ।

चुनावी प्रचारकालागि गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले काठमाडौंको मेयरमा आफ्नो चर्चा भएपनि पार्टीले जित्ने उम्मेदवार उठाउने बताए । उनले भने– ‘जित्न सक्षम साथीहरु धेरै हुनुहुन्छ, उहाँहरु मध्येबाट कोही उम्मेदवार बन्नुहुन्छ,’ ।

नेता भटटराईले ताप्लेजुङबाट स्थानीय तहको चुनावमा आफूले कुनै व्यक्तिलाई समर्थन नगर्ने र कसैलाई टिकट दिन च्यापेर नहिड्ने बताए । ‘स्थानीय तहमा लोकप्रिय, चुनाव जित्न सक्ने व्यक्तिको खोजि हुन्छ । यसमा मेरो कुनै भुमिका हुँदैन,’ उनले भने, ‘सकेसम्म सर्वसम्मतको प्रयास हुन्छ ।’

फुङलिङ नगरपालिकामा योगेशका दाइ मात्रिकाप्रसाद भट्टराई, साढुदाइ तारानाथ घिमिरे, सन्तोष खतिवडा र छत्रपति प्याकुरेलको चर्चा रहेको छ । उनिहरुले उम्मेदवारको दावी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्