आइतबार बस्नेगरी मन्त्रिपरिषद बैठक स्थगित

काठमाडौं, चैत २४ । बिहिबार नियमित बस्ने मन्त्रिपरिषद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर आइतबार दिउँसो ३ बजे बस्ने भएको हो ।

विशेष कारणबस बैठक स्थगित गरिएको बताइएको छ । उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापाको बरियता नमिल्दा चैत ३ गतेदेखि मन्त्रीपरिषद बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निधिलाई दोस्रो बरियता दिने तयारी गरेका थिए । तर, उपप्रधानमन्त्री थापाले त्यसमा असन्तुष्टी जनाएपछि बैठक आइतबारसम्मका लागि सारिएको मन्त्रीपरिषद श्रोतले जनाएको छ ।

वरियता विवादकै कारण चैत १० गते प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जाँदासमेत कार्यवाहक तोकेका थिएनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: