साढे ६ अंकले घट्यो सेयरबजार

काठमाडौं, चैत २४ । सेयर बजार परिसुचक नेप्से बिहीबार ६ अंक भन्दा धेरैले घटेको छ । बजार खुलेको केही समय बढे पनि त्यसपछि घट्न थालेको बजार बन्द हुँदा ६ दशमलव ३६ अंकले घटेर १६ सय ५१ भन्दा तल झरेको हो ।

बीमा बाहेकका सबै समूह ओरालो लागेको दिन बिहीबार सबैभन्दा धेरै होटल समूह झण्डै ५२ अंकले घटेको हो । त्यस्तै, जलविद्युत २२ दशमलव २२, विकास बैंक १६ दशमलव ८२, बैंकिङ्ग ६ दशमलव ७६, र वित्त समूह १ दशमलव ५ अंकले घटेको छ ।

अरु परिसुचक घटेपनि बिहीबा बीमा समूह भने ३२ दशमलव ४७ अंकले बढेको छ । १ अर्ब ३८ लाख ६३ लाख भन्दा धेरैको सेयर कारोबार भएकोमा बिहीबार नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर १२ करोड ७८ लाख भन्दा बढीको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार नेपाल इन्स्योरेन्स कम्पनी, सुर्य लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । यस्तै, ग्रीन डेभलपमेण्ट बैंक, गोर्खाज फाइनान्स र मेरो फाइनान्सका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा सम्पत्ति बढाएका छन् । तर नेपाल ग्रामीण विकास बैंकको शेयर मूल्य १० प्रतिशत र रिडी हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कमेन्ट गर्नुहोस्