देउवालाई १० दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं, चैत २४ । अदालतको मानहानी गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।
बिहीबार न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले देउवालाई आफ्नो अभिव्यक्ति र कांग्रेस केन्द्रीय समितिको निर्णयबारे कारण देखाउन आदेश दिएको हो।

नेपाल प्रहरीको आइजीपी नियुक्ति सम्बन्धि विषयमा देउवाले दिएको अभिव्यक्ति विरुद्ध अधिवक्ता हरि मैनालीले गत २० गते मुद्दा दायर गरेका थिए।
देउवाले १८ चैतमा विराटनगरमा र पार्टीको केन्द्रीय समितिको बैठकमा आइजिपी नियुक्तिमा अदालतले हस्तक्षेप गरेको भनाईमाथि सर्वोच्चले अदालतको अवहेलना गरेको ठहर गरेको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्व पौडेलका अनुसार अदालतले दश दिन भित्र कारण खुलाइ जवाफ पेश गर्न आदेश गरेको हो।

मुद्दाको सुनुवाईको क्रममा विहिबार मैनालीले देउवालाई सशरिर अदालतमा उपस्थित गराउन माग गरेका थिए। तर अदालतले भने समय दिएर लिखित जवाफ पेश गर्न आदेश गरेको हो।

कमेन्ट गर्नुहोस्