केवल टिभी डिजिटल हुनैपर्ने नयाँ नियम

काठमाडौं, चैत २४ । सरकारले आगामी वैशाख १५ गतेदेखि सबै केवल टिभी डिजिटल स्वरुपमा मात्र चल्न पाउने बताएको छ ।

प्रविधि पत्रकार मञ्चले एक कार्यक्रम गरी सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले वैशाख १६ गतेदेखि कुनै पनि हालतमा एनालग केवल टीभी सञ्चालन हुन नदिने बताएका छन् ।

याे पनि पढ्नुस  नेपाल राजपत्र २४ घन्टाभित्र वेबसाइटमा

रेडियाे र टेलिभिजन नियगमनका लागि छुट्टै विभाग हुनुपर्ने उनले बताएका छन् ।

नयाँ प्रविधिको नियमन गर्न समस्या भैरहेकोले प्रविधि व्यवस्थापन नियमन गर्न छुट्टै संयन्त्र बनाइने उनले बताए । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र सापकोटाले एनालग प्रविधिमा लाइसेन्स लिएकालाई डिजिटल बनाउन र पारदर्शी नियमनको लागि आगामी वैशाख १५ गतेपछि सबै एनालग टिभी बन्द गरिने बताए ।

याे पनि पढ्नुस  पाँच सहसचिवको बढुवा, टेलिकमको वोर्ड सदस्य नियुक्त गर्न समिति गठन

कार्यक्रममा केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले आफूहरु पनि डिजिटल प्रविधिमा जान तयार रहेको तर त्यसको लागि चाहिने सेटअप बक्समा सरकारले कर छुट गरेमा उपभोक्तालाई सहज हुने बताए ।

अन्तर्राष्ट्रिय दुरसञ्चार प्राधिकरणले सन् २०१७ भित्र सबै टिभी डिजिटल बनाउन निर्देशन दिएपछि सरकारले २०७४ सालको वैशाख १६ गतेभित्र सबै उपमहानगर र महानगरपालिका तथा २०७५ सालको वैशाख १६ गतेसम्म देशैभर एनालग टिभी हटाएर डिजिटल बनाउने नियम परित गरिसकेको छ । अहिले २० देखि २५ लाख टिभीमा केवल टिभी जोडिएको अनुमान छ ।

कमेन्ट गर्नुहोस्