उपचार गर्न अाएकी विरामीले गरिन आत्महत्या

काठमाडौँ, चैत २४ । वीर अस्पतालअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् ।

ट्रमा सेन्टरको पाँचौ तलामा उपचारत बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो ।

महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: