फुटबलमा नेपाललाई उछिन्यो भुटानले

काठमाडौँ, चैत २४ । फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयता अनुसार नेपाललाई पछि पार्दै भुटानले आफ्नो १३ स्थान सुधार गर्दै १६४ औं स्थानमा उक्लिएको छ । जहाँ नेपाल १७० औं स्थानमा रहेको छ ।

फिफाले अप्रिल महिनाको लागि जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको हो भने भारत १०१औं स्थानमा उक्लेको छ।

सार्क राष्ट्रमा भारत सबैभन्दा अगाडी छ । भारत ३१औँ स्थान माथि उक्लिएर १०१औँ स्थानमा पुगेको छ । त्यस्तै माल्दिभ्स ११ स्थान तल झर्दै १५१औं स्थानमा छ भने अफगानिस्तान तीन स्थान माथि उक्लिएर १५३औँ स्थानमा रहेको छ । बङ्गलादेश १९३, श्रीलङ्का १९७ तथा पाकिस्तान २०१औँ स्थानमा छ ।

ब्राजिल सात वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ । त्यस्तै अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्