विद्या वालनले फिल्म इन्डस्ट्री किन छोड्न चाहेकी हुन् ?

चैत २४ ।  ‘चलचित्र उद्योगमा स्थापित हुनका लागि बाहिर देखेजस्तो सजिलो छैन’ : बलिउडमा चर्चित नायिका विद्या वालन भन्छिन् । अभिनय कलाकै कारण चर्चामा रहेकी यी अभिनेत्रीहरुको चर्चा एकपछि अर्काे गर्दै चर्चित नै बनेका छन् ।

समिक्षात्मक रुपमा एंव बक्सअफिसमा पनि टप लिस्टमा नै पर्छिन् यी नायिका तर एक समय यस्तो पनि थियो, जब उनले बलिउड क्षेत्र नै छोड्ने योजनामा थिइन् ।

विद्याले आफू फिल्म इन्डस्ट्रीको लायक नभएको महशुस गर्र्दै चलचित्र उद्योग छोड्ने योजना बनाइन् । एक अन्तरवार्ताको क्रममा उनले भनिन्, ‘फिल्म बेबी र किस्मत कमेक्शन प्रदर्शनको समयमा मेरो शरिरको तौल र ड्रेसअपको धेरै आलोचना भयो त्यतिबेला मेरो शरीरको गलत चर्चा बलिउडमा मात्रै होइन, साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा समेत भयो । त्यसले म निकै आलोचित भए र यो क्षेत्र नै छोड्छु भन्ने लाग्यो ।’ तर हार्नु हुँन्न भन्दै ‘मैले हिम्मत बटुले’ बउनले आफूले हिम्मत नहारेको बिबिसी हिन्दीमा प्रकाशित फिचरमा उल्लेख गरिएको छ।

सुरुवाती समयमा त उनले परिनीता, मुन्ना भाई जस्ता फिल्ममा गरेका कामका लागि तारिफ बटुलिन् । तर बिचमा उनको बढेको शारीरिक तौलका कारण उनी आलोचनाको पात्र बनिन् । विद्या बालनले पा, डर्टी पिक्चर, कहानी जस्ता फिल्म उनले आफ्नो करियरमा सोचेको पनि थिइनन्। ‘मैले आलोचना सहें र त म विद्या बालन बने’ विद्या आफू नहच्किएको सुनाउँछिन् ।

आज महिला प्रधान कथामा आधारित फिल्मका लागि हरेक निर्देशकको पहिलो चोइस विद्या हुन्छिन्। आफ्नो सफलताको श्रेय उनी आफ्नै जिद्दीपनालाई दिन्छिन। हाल उनी फिल्म ‘बेगम जानुु’काे प्रमोशनमा व्यस्त छिन् । यसअघि उनका केही फिल्म बक्सअफिसमा राम्रो साबित हुन सकेन । भन्छिन, ‘मैले जिन्दगीमा राम्रो नराम्रो दुबै अनुभूतिहरु संगालेको छु । त्यसैले एक फिल्मको सफलता वा असफलताले सबै कुरा बिगार्छ भन्ने पक्षमा छैन म ।’

विद्या एक समयमा आमिरका कारण आफूलाई चोट लागेको सम्झन्छिन् । ‘हामी एक समारोहमा थियौं । मिडियाकर्मी मेरो फोटो खिच्दै थिए । अचानक आमिर खान आए र सबैजना मलाई धक्का दिएर उनको पछि लागे । त्यो क्रममा मलाई चोट लागेको थियो ।’ अब ती घटनाहरुले आफूलाई असर नगर्ने उनी बताउँछिन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: