पूर्वराजा शाहले नातिको व्रतबन्धमा दिए भव्य भोज

वरिष्ठ व्यक्तिहरु पार्टीमा जाँदा सर्वसाधारणलाई भने सास्ती

पुष्पा महरा

काठमाडौं, चैत २४ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाति नाति हृदयेन्द्रको ब्रतबन्धको भव्य भोजको आयोजना गरेका छन् ।

सातदिन अघि नै हृदेन्द्रको ब्रतबन्ध हिन्दूपरम्परा अनुसारले गरिएको भएपनि पूर्वराजा ज्ञानेन्द्रले राजधानीको पाँचतारे होटल सोल्टी होटलमा भव्य भोजको आयोजना गरेका छन् । भोजमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न मन्त्रीहरु, राजनीतिज्ञलगायत चलचित्रको कलाकारहरुसमेत भोजमा सहभागी हुन सोल्टी होटलमा पुगेकी थिए ।

पूर्वराजा ज्ञानेन्द्रका नातिको ब्रतबन्ध चैत १७ गते नै निर्मल निवासमा सम्पन्न भएको हो । ब्रतबन्ध सकिएको सात दिनपछि सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्रको यो तडक भडकमा साथ दिन पाँच हजार जनालाई आमन्त्रित गरिएको थियो । जसमध्ये कमैमात्रै अनुपस्थिति रहेका थिए । आगन्तुकहरुलाई ज्ञानेन्द्र तथा उनका छोराबुहारी पारस र हिमानी आफैले स्वागत गरेका थिए ।

केहीसमय अघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आफ्नी छोरीको विवाह पनि यस्तै धुमधामले गरेकी थिइन् । उक्त समारोहमा पूर्वराजा ज्ञानेन्द्र उपस्थित भएका थिए, सायद त्यसैको पैंचो तिर्न पनि हुनसक्छ राष्ट्रपति भण्डारी यस भोजमा उपस्थित थिइन् ।

सामाजिक सुधार ऐनअनुसार विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा अनावश्यक तडक भडक गर्न नपाइने प्रावधान छ तर यहाँ त तछाड र मछाड गरी खर्च गरिन्छ ।

पूर्वराजा ज्ञानेन्द्रले नाति हृदेन्द्रको ब्रतबन्धको अवसरमा दिएको भोज पाँच सोल्टी होटलमा भव्यताका साथ सुसम्पन्न भयो । तर, त्यस कार्यक्रममा विशिष्ट व्यक्तिहरुको आवतजावतका कारण त्यस क्षेत्रको यातायात व्यवस्था भने अस्तव्यस्त बन्यो । सर्वसाधारणहरुले भने केहीबेर तनावको स्थिति व्यहोर्नु परेकाे थियाे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: