माइभ्याली गोल्डकपको फाइनलमा झापा–११

झापा, चैत २४ । इलाममा जारी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा झापा–११ फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमीफाइनलबाट झापा–११ ले एपीएफलाई १–० को गोल अन्तरले माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टीमबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त १५ मिनेटको समय सक्किएर पुनः थप भएको एक मिनेटमा झापाको तर्फबाट निर्णायक गोल भएको थियो ।

खेलको म्यान अफ दी म्याच झापाका विशाल राई घोषित भएका छन् । योसँगै चैत २६ मा हुने माइभ्याली गोल्डकपको फाइनल खेल झापा–११ र त्रिभुवन आर्मीबीच हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: