जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु एक गम्भिर

कास्की, चैत २४ । जंगली च्याउ खाँदा पोखरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने अर्का एकको उपचार भइरहेको छ ।

मृत्यु हुनेहरुमा पोखरा लेखनाथ महानगरपालिका–१७ लामाचौरकी ६० वर्षकी माइली तामाङ, उनकी १९ वर्षकी छोरी मनमाया तामाङ र माइलीका जेठी छोरीका कान्छा छोरा सोनम रहेका छन् ।

सोनमका दाइ १२ वर्षीय आयुष मगरको भने हाल काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार भइहरेको छ ।

यही चैत १९ गते च्याउ खाएपछि झाडापखाला लाग्दा पनि अस्पताल नगई मेडिकलबाट औषधी खाएर घरै बसेकी माइली तामाङलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

उनीहरुका आफन्तले च्याउन खाएर भन्दा पनि उनीहरुलाई अस्पतालको लापर्वाहीले ज्यान गएको आरोप लगाएका छन् । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्