सिरियाली आक्रमणमा रसायनिक हतियार प्रयोग भएको टर्कीले गर्यो पुष्टि

बेरुत (लेवनान),  चैत २५। सिरियाली राज्य इदलिवमा मङ्गलबार भएको आक्रमणपछि उपचारका लागि टर्की पु¥याइएका तर उपचारका क्रममा मृत्यु भएका तीन व्यक्तिको शव परीक्षणको रिपोर्टमा आक्रमणमा रसायनिक हतियार प्रयोग भएको भेटिएको पाइएको टर्कीका न्यायमन्त्रीले बिहीवार बताउनुभएको छ ।

इदलिवमा भएको आक्रमणमा ८६ जनाको मृत्युभएको थियो भने दर्जनौ मानिस घाइते भएका थिए ।

सिरियाको उत्तरी शहर खानसैख्वानमा भएको दुखद आक्रमणमा रसायनिक हतियारको प्रयोग भएको भनी अन्तरराष्ट्रिय जगत्मा व्यापक आलोचना आइरहेका वेला टर्कीले एक विज्ञप्ति जारी गरी शव परीक्षणबाट आक्रमणमा विषाक्त रसायनको प्रयोगभएको पुष्टि भएको वताएको हो ।

आक्रमणबारे विश्वभरबाट विरोध भएको छ । घटनामा सिरियाली सरकारी सेनाको सम्लग्नता रहेको विद्रोही लगायत विभिन्न मुलुकले जनाएका छन् तर सिरिया सरकारद्वारा आफ्नो सेनाले कुनैपनि कारवाहीमा रसायनिक हतियारको प्रयोग नगरेका वताउदै आएको छ ।

यसबारे सिरियाको अडानलाई पुनः बिहीवार दोहो¥याउदै सञ्चारकर्मीसँग सिरियाली विदेशमन्त्री वालिद मौलेमले आफ्नो सरकारले रसायनिक हतियारको कहिल्यै पनि प्रयोग नगरेको र आगामी दिनमा पनि प्रयोग गर्ने नीति नरहेको बताउनुभयो । “सरकारले रसायनिक हतियार सिरियाली विद्रोही विरुद्ध मात्र नभै आतङ्कवादी समूह विरुद्धपनि चलाएको छैन र चलाउदैन पनि,” मौलेमले थप्नुुभयोे ।

टर्कीमा राज्य सञ्चालित अनादोलु र निजी डिएचए न्युज एजेन्सीले न्यायमन्त्री बकिर बोदागलाई उद्धृत गर्दैे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिसमेतको उपस्थितिमा भएको शव परीक्षणमा रसायनिक हतियार प्रयोग भएका तथ्य भेटिएका जनाएका छन् ।

टर्कीका अधिकारीले झण्डै ६० घाइतेलाई उपचारका लागि टर्की ल्याइएकोमा तीन जनाको मृत्यु भएको जनाएका छन् ।

मङ्गलबारको आक्रमण टर्कीको सीमाक्षेत्रबाट करिब १०० किलोमिटर टाढा सिरियाली शहरमा भएपनि टर्कीको सहयोगप्राप्त विद्रोही नियन्त्रित उक्त क्षेत्रमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह गरेको थियो ।

रसयिाली रक्षा मन्त्रालयले सिरियाली हवाई आक्रमण हुँदा विद्रोहीको रसायनिक हतियार आर्सनल र म्युनिसन उद्योगमा लागी विषाक्त तत्व वस्तीमा फैलिएको जनाएको छ ।

मौलेमले पनि दमास्कसको दवावमा उक्त विज्ञप्तिमा सिरियाली सेनाले अलकायदाको सिरियाली समूहको एक हतियार भण्डारमा आक्रमण गरेको र उक्त भण्डारमा रसायनिक हतियार रहेको बताउनुभएको छ ।

घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका विश्व नेताले घटनामा सिरिया दोषी भन्दै आक्रमणको विरोध जनाएपनि रसियाले सरकारले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेपनि विद्रोहीले भण्डारण गरिराखेका रसायनमा लाग्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएको जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: