अर्थमन्त्री महराको खुलासा-‘पैसा बाकसमा राखेर मन्त्रीहरु चाबी लाएर हिडे’

चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत पुँजीगत खर्च गर्ने दाबी

विराटनगर, चैत २५ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीहरुकै कारण पुँजी गत खर्च कम भएको बताएका छन् । मोरङ व्यापार संघको ६२ औं साधारणसभाको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रीहरूले पैसा बाकसमा राखेर चाबी लाएर हिडेका कारण पुँजीगत खर्च कम भएको दाबी गरे ।

‘हामीले ३० वटा मन्त्रालयलाई रकम दिएका छौं तर मन्त्रीहरूले बाकसमा पैसा राखेर चाबी आफ्नो कोटको खल्तीमा बोकेर हिँडेका छन्,’ उनले भने, ‘अनि कहाँबाट हुन्छ पुँजीगत खर्च ।’

याे पनि पढ्नुस  सभामुख महराको पहलमा दाङमा दुई विमानस्थल सञ्चालनमा आउँदै

मन्त्री महराले रकम खर्च गर्न नसक्ने मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा पनि कार्यान्वयन नगरेकोमा असन्तुष्टि जनाए । अब पनि खर्च गर्न नसक्ने मन्त्रालयको रकम फिर्ता गर्ने सोचमा पुगेको अर्थमन्त्री महराको भनाई थियो । उनले चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत पुँजीगत खर्च गर्ने दाबी गरे ।

हालसम्म ४० प्रतिशतभन्दा बढी खर्च भइसकेको उनले बताए । तर महालेखा नियन्त्रकको कार्यालयले हालसम्म पुँजीगत खर्च २४ प्रतिशत मात्र भएको जनाएको छ ।

याे पनि पढ्नुस  सभामुखमा कृष्णबहादुर महराको उम्मेदवारी दर्ता

‘जेठ र असारमा मात्र पुँजीगत खर्च गर्ने परम्परालाई यसपटक पनि तोड्न सकिएन,’ उनले भने, ‘विकास–निर्माणका ठूला आयोजनाका कामलाई तीव्रता दिएर खर्चमा वृद्धि गरिने रणनीतिमा छौं ।’ गत वर्ष ५७ प्रतिशत मात्र पुँजीगत खर्च भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले लगानीको वातावरण बनाउन नसकेको आरोप लगाए ।

याे पनि पढ्नुस  कृष्णबहादुर महरालाई सभामुखमा उम्मेदवार बनाउने तयारी

‘हाम्रो कुल लगानीको ७० प्रतिशतभन्दा बढी लगानी गर्न विदेशीहरू तयार थिए,’ उनले भने, ‘तर हाम्रो सरकार नै लागानीका लागि बाधक बन्ने गर्छ ।’ अर्बौंको लगानी गर्नेहरू सरकारको नजरमा अपराधी हुने गरेको मुरारकाको भनाइ थियो । व्यवसायीले ढुक्क र निर्भय भएर लगानी गर्न पाउने गरी ऐननियममा परिवर्तन गर्नुपर्ने उनको माग थियो ।

कमेन्ट गर्नुहोस्