कांग्रेस सांसदको सुझाव : हप्ता दिन सारेर भएपनि एकै चरणमा चुनाव गरौं

स्थानीय निर्वाचनको विभिन्न भाषामा घोषणा पत्र तयार गर्नुपर्ने स

काठमाडौं, चैत २५ । नेपाली कांग्रेसका सांसदहरुले देशभर तोकिएकै मितिमा एकैचरणमा चुनाव गर्न सुझाव दिएका छन् ।

कांग्रेस कार्यसमिति र संसदीय दलको संयुक्त रुपमा शुक्रबार बसेको बैठकमा दुई चरणमा निर्वाचन गर्दा नराम्रो सन्देश जाने भन्दै बैशाख ३१ गतेनै तराई मधेशका जिल्लामा चुनाव गर्नुपर्ने धारणा राखेका थिए ।

सांसद रामकृष्ण यादवले बरु हप्तादिन चुनाव पर सारौ तर, एकै चरणमा चुनाव गर्नुपर्ने सुझाव दिए । उनले भने– ‘मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर बैशाख ३१ गते भित्र निर्वाचन गर्ने, त्यसो हुन नसके हप्ता दिन मिति सारेर भएपनि सबै स्थानमा एकै पटक निर्वाचन गर्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदले पार्टी मधेशी मोर्चाको माग सम्बोधनमा गम्भिर बन्नुपर्ने र संविधान संशोधन निष्कर्शमा पुर्‍याउन नेतृत्व क्रियाशील हुन सुझाव दिएका थिए ।

मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला कांग्रेसकै सांसदले एकै चरणमा चुनाव गर्न नेतृत्वलाई सुझाएका हुन् । कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो ।

जनसंख्याका आधारमा मधेशमा स्थानीय तहको संख्या बढाउन माग गर्दै मधेशी मोर्चाले निर्वाचन सार्नुपर्ने प्रस्ताव गरेपछि राजनीतिक गतिरोध लम्बिएको छ ।

सांसदहरुले उपप्रधानमन्त्रीको वरियता विवादले बदनाम भएको भन्दै त्यसको समाधान निकाल्न पार्टी सभापतिको ध्यानकर्षण गराए ।
स्थानीय निर्वाचनको घोषणा पत्र तयार गर्दा विभिन्न भाषामा घोषणा पत्र तयार गर्नुपर्ने र स्थानीय तहका बिषय अधिकतम समेट्नुपर्ने सुझाव सांसदहरुको रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: