मधेसवादी दलद्वारा संसद बैठक बहिस्कार

काठमाडौं, चैत २५ । शुक्रबारको संसद बैठक पनि मधेस केन्द्रित दलले बहिस्कार गरेका छन् । संविधान संशेधन लगायतका माग पूरा हुनु पर्ने भन्दै मधेसी दलले लगातार संसद बैठक बहिस्कार गर्दै आएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि संसद् र सरकारको ध्यानाकर्षण गराए ।

याे पनि पढ्नुस  स्थानीय निकायको सम्पूर्ण संरचना तय भएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सङ्घीय गठबन्धनको आग्रह

उनीहरुले सप्तरीमा हात्तीको आक्रमणबाट नागरिकको ज्यान गएको तर सरकारी निकायले ध्यान नदिएको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

यस्तै स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको नाममा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाए ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेश नं २ मा अझै पनि निर्वाचनको माहोल बन्न नसकेको भन्दै तत्काल वातावरण बनाउन उहाँहरुले आग्रह गरे ।

याे पनि पढ्नुस  मधेसीसँग निहूँ नखाेज्न एमालेलाई मोर्चाको कडा चेतावनी

तेजुलाल चौधरी, धना पहरी, पुरुषोत्तम पौडेल, प्रतीक्षा तिवारी मुखिया लगायत सांसदहरुले धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा नेकपा एमालेका भीम आचार्यले उपप्रधानमन्त्रीको वरिष्ठता विवादले मन्त्री परिषदको बैठक नबसेको भए त्यो देशकै लागि लज्जाको विषय भएको बताए । यस्तै अन्य दलका सांसदहरुले समसामयिक विषयवस्तुमा आफ्नो धारण राखेका छन् ।

याे पनि पढ्नुस  सप्तरी घटनाले मध्य तथा पूर्वी तराई तनावग्रस्त

कमेन्ट गर्नुहोस्