क्याम्पसको मनोमानीविरुद्ध बोल्दा विद्यार्थी गिरफ्तार, क्याम्पसले माफी नमागे आन्दोलनको चेतावनी

पोखरा, चैत २५ । पोखरा विश्वविद्यालय अन्तर्गतको युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा मनपरी रुपमा शूल्क असुल गरिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आवाज उठाउँदा क्याम्पस प्रशासनले प्रहरी बोलाएर अखिल क्रान्तिकारीका सचिवलाई गिरफ्तार गर्न लगाएको छ । क्याम्पस प्रशासनको मनपरी शूल्क असुलीविरुद्ध विगतदेखि नै आन्दोलनरत अखिल क्रान्तिकारीलाई क्याम्पस प्रशासनले प्रहरीको दमनमार्फत साम्य पार्न खोजेको हो ।

संगठनका पोखरा विश्वविद्यालय क्षेत्रिय समन्वय समितिका संयोजक गणेश रैकालले शुक्रबार एक विज्ञप्ति जारी गरी क्याम्पस प्रशासनले समस्या समाधानको सट्टा प्रहरी प्रशासनलाई क्याम्पस परिसर राखेर शैक्षिक वातावरण विगारेको बताएका छन् ।

अखिल क्रान्तिकारीका क्याम्पस इकाई कमिटी सचिव अमर भट्टलाई प्रहरीले बिहीबार
नै गिरफ्तार गरेको थियो ।

संयोजक रैकालले भट्टमाथि लगाइएका झुटा मुद्धा खारेज गरी भट्टको रिहाई र पठनपाठनको वातावरण मिलाउन आग्रह गरेका छन् ।

‘कलेज प्रशासनले आफ्नो कमजोरी स्वीकार गरी लिखित रुपमा माफीसहित तत्काल शैक्षिक पठनपाठनको वातावरण कायम नगरिए त्यसबाट उत्पन्न हुने जस्तोसुकै परिस्थितिको सम्पूर्ण जिम्मा कलेज प्रशासन हुनेछ’ रैकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ विज्ञप्ती

कमेन्ट गर्नुहोस्

%d bloggers like this: