राष्ट्रपतिले गरिन घरजग्गा मेलाको उद्घाटन

काठमाडौँ, चैत २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को उद्घाटन गरेकी छिन् ।

नेपाल घरजग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको सो मेला राजधानीको भृकुटीमण्डपस्थित एक समारोहमा राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

चार दिनसम्म चल्ने सो मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामाग्रीहरुको प्रदर्शनी राखिएको आयोजकले बताएको छ ।

सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलगायत सरकारी निकाय पनि मेलाको सहआयोजक छन् ।

तस्बिर : रोशन सापकोटा

कमेन्ट गर्नुहोस्