अमेरिकाले सुरु गर्यो सिरियामाथि क्षेप्यास्त्र आक्रमण

चैत्र २५ । सिरियाको हवाई अड्डालाई लक्षित गरि अमेरिकाले क्षेप्यास्त्र आक्रमण सुरू गरेको छ ।

अमेरिकी सेनाले सिरियाली राष्ट्रपति बसर अल असादको नियन्त्रणमा रहेको हवाई अड्डामा गरेको ५९ वटा क्षेप्यास्त्र आक्रमणमा ६ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

यसै साता सिरियामा भएको रसायनिक आक्रमणको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई क्षेप्यास्त्र आक्रमणको निर्देशन दिएका हुन् ।

अमेरिकी सेनाले सिरियाली राष्ट्रपतिका सेनामाथि प्रत्यक्ष रुपमा आक्रमण गरेको यो पहिलो पटक हो ।

रुसले भने अमेरिकी आक्रमणप्रति खेद प्रकट गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले अमेरिकाको सो कदमलाई एउटा सार्वभौम मुलुकमाथि भएको आक्रमणको संज्ञा दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: