मिडियामा महिलाको समान प्रतिनिधित्वकाे माग

काठमाडौँ, चैत २५ । नेपाली मिडियामा महिलाको प्रतिनिधित्वसँगै विषयवस्तुलाई महत्वका साथ उठाउनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन् ।

एसोसिएसन अफ इन्टरनेसनल एनजिओ इन नेपालद्वारा आयोजित ‘लैङ्गिक समानताका लागि मिडियाको भूमिका’ विषयको अभिमुखीकरण कार्यक्रममा अधिकारकर्मीले नेपाली मिडिया लैङ्गिक समानतालाई प्रबद्र्धन गर्ने र महिला सशक्तीकरणलाई बढावा दिने प्रयासमा अझै पनि सङ्ख्यात्मक रूपमा धेरै पछाडि रहेको बताएका हुन् ।

मिडियाले सामाजिक र आर्थिक विषयभन्दा पनि राजनीतिक विषयलाई बढी प्राथमिकताका साथ उठाउने गरेको गुनासो उनीहरुले गरे ।

महिला अधिकारकर्मी मुना शेर्पाले समाजको परम्परावादी सोचका कारण बढ्दै गएको लैङ्गिक विभेदको अन्त्यका लागि संरचनागत र संस्थागत परिवर्तनको खाँचो औल्याएकी थिइन् ।

पत्रकार मञ्जु थापाले समाचार सङ्कलन गर्ने संवाददाता तथा प्रस्तोतामा पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या अत्यन्त कम रहेको जनाउँदै सञ्चार संस्थामा नीतिनिर्माण र निर्णय प्रक्रियादेखि सबै तहमा महिलालाई पनि समान अवसर दिनु अत्यावश्यक रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्