मोर्चा सहमतिमा आए दुई चरणमा चुनावः गृहमन्त्री निधी

विराटनगर, चैत २५ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको चुनावका लागि मोर्चा सहभागी भएमा सरकारले दुई चरणमा स्थानीय चुनाव गर्न बताएका छन् ।

बिराटनगरमा सम्पन्न क्षेत्रीय सुरक्षा गोष्ठीपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री निधीले हिमाल, पहाड र तराईका सबै पक्ष निर्वाचनमा सहभागी भए सरकार दुई चरणमा स्थानीय तहको चुनाव गर्न समेत तयार हुने बताएका छन् ।

उनले भने, ‘दुई चरणको चुनाव गराउन सरकार तयार छ त्यसका लगि माओवादी केन्द्र, काग्रेस, एमाले, मधेसी लगायतका सबै दलहरुको सहमति अपरिहार्य हुन्छ ।’

उनले चुनाव बिथोल्न लाग्ने समूहरुको पहिचान गरी सोही प्रकारको सुरक्षा व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

भूमगत समूह र चुनावविरोधी अन्य पक्षको वर्गीकरण गर्ने काम भइरहेको मन्त्री निधिको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: