अक्षय बने उत्कृष्ट नायक, सामाजिक सञ्जालमार्फत खनिए अक्षयमाथि दर्शक

चैत २५ । बलिउड स्टार अक्षय कुमारलाई फिल्म ‘रुस्तम’बाट उत्कृष्ट नायक उपाधी प्राप्त गरेका छन् । शुक्रबार नयाँदिल्लीमा आयोजित ६४औं नेसनल फिल्म अर्वाडका लागि अक्षयले ‘दंगल’ फिल्मबाट अमिर खान र ‘पिंक’ फिल्मबाट अमिताभ बच्चनलाई पछाडि पार्दै ‘रुस्तम’ फिल्मबाट उत्कृष्ट नायकको अवार्ड पाउने भएपछि उनीविरुद्ध दर्शकहरु खनिएका छन् ।

धेरैले ‘दंगल’बाट आमिरले पाउने भनि अड्कल गरेका उक्त अवार्डलाई अक्षयले पाउने घोषणा गरिएपछि सामाजिक सञ्जालमा अमिर खानका फ्यानहरुले तीव्र आलोचना गर्न सुरु गरेका हुन् । अक्षय कुमारले ‘रुस्तम’मा गरेको अभिनयभन्दा अमिर खानले ‘दंगल’मा गरेको अभिनय अब्बल भएको भन्दै अक्षयलाई अवार्ड नलिन अनुरोधसमेत गरिएको छ ।

गगन अधिकारी नाम गरेका एक व्यक्तिले ट्वीट गर्दै भनेका छन्–‘मैले सोचिरहेको छु, अक्षय सर तपाइँले नेहनल अवार्ड लिनुहुने छैन, रुस्तममाभन्दा त एअरलिफ्ट राम्रो थियो, तर अमिर खानको दंगलको अगाडि रुस्तम एक सानो छ ।’

अक्षय कुमारलाई अवार्ड नलिन अनुरोध गर्नेमात्रै नभइ उनलाई बधाइ दिनेहरुले पनि सामाजिक सञ्जालमा उत्तिकै छन् । किनभने उनले बलिउड करिअरमा पहिलोपटक नेसनल अवार्ड पाउँदैछन् ।

भारतको ६४औँ नेसनल फिल्म अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘नीरजा’ फिल्मले पाएको छ । त्यस्तै उत्कृष्ट नायिकामा ‘मिन्नामिनुंगु’ फिल्मबाट सुरभी लक्ष्मी, उत्कृष्ट सहनायिकामा ‘दंगल’ फिल्मबाट जैरा वासिम, उत्कृष्ट बालकलाकारमा कुञ्जु दैवम् फिल्मबाट अधिस प्रविण, नुर इस्लाम फिल्मबाट साज, रेल्वे चिल्ड्रन फिल्मबाट मनोहराले अवार्ड पाएका छन् ।

त्यस्तै, ‘पींक’ फिल्मले उत्कृष्ट सामाजिक फिल्मको अवार्ड पाएको छ भने उत्कृष्ट बालफिल्मको अवार्ड ‘धनक’ फिल्मले पाएको छ । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड ‘भेन्टिलेटर’ फिल्मबाट राजेशले पाएका छन् ।

कमेन्ट गर्नुहोस्