स्थानीय चुनावमा नेपाललाई हिन्दूराष्ट्र कायम गराउने गरी भोट मागिन्छ : राणा

काठमाडौँ, चैत २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आसन्न स्थानीय चुनावमा नेपाललाई हिन्दूराष्ट्र कायम गराउने विषयलाई लिएर जनतासँग मत मागिने बताएका छन् ।

पार्टीको काठमाडौँ महानगर समिति वडा नं ३ ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता राणाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्षता कार्यान्वयन हुन नसक्ने बताउँदै जनतालाई अधिकार सम्पन्न गराउनका लागि स्थानीय तहको निर्वाचनमा स्थानीय जनताले राम्रा जनप्रतिनिधि छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीका उपाध्यक्ष टङ्क ढकालल निर्वाचनमा विकासप्रेमी जनप्रतिनिधि छान्ने अवसरलाई जनताले उपयोग गर्नुपर्ने विचार व्यक्त गरे । पार्टीका नेता राजाराम श्रेष्ठले स्थानीय तहको चुनावपछि देशभर स्थानीय पूर्वाधार तथा विकास निर्माणका कार्यले गति लिने र आर्थिक समृद्धि बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: