सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति शुक्रबार पृथ्वीको नजिक आउने

काठमाडौ, चैत २५ । सौर्यमण्डलको सबै भन्दा ठूलो ग्रह बृहस्पति आज पृथ्वीको नजिक आउने भएको छ । उक्त ग्रहलाई पृथ्वीबाट नाङ्गो आँखाले पनि सहजै हेर्न सकिने खगोलविदहरुले बताएका छन् ।

शुक्रबार सूर्यास्त पछि बृहस्पति उदाइहाल्ने र रातभरी चम्कने खगोलविद सुरेश भट्टराईले जानकारी दिएका छन् ।

शुक्रबार सूर्यास्त भएपछि उदाउने बृहस्पति सूर्योदय नहुन्जेलसम्म देख्न सकिनेछ । हरेक १३/१३ महिनामा बृहस्पति पृथ्वीको नजिक आउने गर्छ ।

बृहस्पतिलाई सबैभन्दा नजिक भएका बेला अवलोकन गर्नका लागि नेपाल खगोलीय समाजले व्यवस्थासमेत मिलाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: