उपचार कोषको सदस्यता लिन पत्रकारलाई आह्वान

झापा, चैत २६ । नेपाल पत्रकार महाँसघ झापा शाखा अन्तर्गत पत्रकार साहारा उपचार कोषले सदस्यता ग्रहणका लागि महासंघ आवद्ध सवै झापाली पत्रकारहरुलाई आव्हान गरेको छ ।

कोषले निर्धारण गरको न्युनतम सदस्यता शुल्क वुझाएर उपचार कोषको सदस्यता लिन पत्रकार महासघ झापामा आवद्ध सवै पत्रकार लाई आव्हान गरिएको हो ।

याे पनि पढ्नुस  सबै प्रदेशमा सूचना आयोग स्थापना गर्न पत्रकार महासंघको जोड

उपचार कोषका संयोजक एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघका सहसचिव समेत रहेका कोषका सदस्य केशव भट्टराईलाई सदस्य सचिवको जिम्वेबारी प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै वैठकले कोषको रकम वृद्धीका लागि संभाव्यता अध्ययन गर्ने र आवस्यक पत्रचार गर्ने निर्णय गरेको कोषका सदस्य विनोद सापकोटाले बताउनु भयो ।
पत्रकार महासंघ झापा शाखाले यसै वर्ष स्थापना गरको पत्रकार साहारा उपचार कोषमा हाल सम्म ९ लाख रुपैयाँ जम्मा भईसकेको छ ।

याे पनि पढ्नुस  पत्रकार महासंघद्वारा ६३ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय

झापाका पत्रकारलाई घाईते अर्थात विरामि भएका वखत उपचारमा सहयोग गर्ने उदेश्यले पत्रकार महासंघ झापाले यो कोषको स्थापना गरको हो ।
कोषको रकम अभिवृद्धीका लागि सवै संचारकर्मी,  व्यवसायी, सामाजिक संघ संस्था एवं व्यवसायीक प्रतिस्ठानलाई समेत आव्हान गर्ने वैठकले निर्णय गरको छ ।

याे पनि पढ्नुस  व्यवसायिक र सत्यतथ्य समाचार सम्प्रेसन गर्नुस् : गृहमन्त्री

कमेन्ट गर्नुहोस्