कोहलीको रेकर्ड ब्रेक गर्दै रैना बने आइपिएलका नम्बर वान ब्याट्सम्यान

राजकोट, राजस्थान
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)को अनुबन्धित खेलाडीहरुको सूचिबाट बाहिर गरिएका बायाँ हातका दिग्गज ब्याट्सम्यान सरेश रैना इण्डियन प्रिमियर लिगको नम्बर वान ब््याट्सम्यान बनेका छन् ।

टी–२० का यी सुपरम्यान गुजरात लायन्स टीमबाट आइपिएलको नेतृत्व गरेर खेलिरहेका छन् ।

शुक्रबार कोलकत्ता नाइटराइडर्सविरुद्ध भएको खेलमा उनले आफ्नो १३ औं रन बनाएर यो प्रतियोगितामा सर्वाधिक रन बनाएको कोहलीको रेकर्ड ब्रेक गरेका हुन ।
३० वर्षीय रैनाले आइपिएल १० शुरु हुनु अगाडी यो टुर्नामेन्टका १४७ खेलहरुमा ३३.५९ को औसत र १३८.५३ को स्ट्राइक रेटसहित ४०९८ रन बनाएका थिए । बिराट कोहलीले भने यो आइपिएलका १३९ खेलमा ४११० रन बनाएका छन् ।

रैनाले हिजोको खेलमा १३ औं रन बनाएपछि बिराटलाई पछारे । रोयल चेलेन्जर्स बेंगलौरका कप्तान भने काँधमा चोटको कारण आइपिएल १० को शुरुआती खेलबाट बाहिर छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: