मान्छेको मासु खाने राष्ट्रपति, फ्रिजबाट पाइएका थिए दर्जनौं टाउको

काठमाडौं, युगाण्डाको तानाशाह राष्ट्रपति इदि अमीनको नाम लिन बित्तिकै काँडा उम्रिन्छ त्यहाँका जनताको शरीरमा । निकै क्रूर शासकका रुपमा ८ वर्षसम्म राष्ट्रपति बनेका इदि अमीनले आफ्नो कार्यकालमा मुटु नै कँपाउने गरी अत्याचार गरे ।

इदी अमीनले आफ्नो सत्ता जोगाउनका लागि मात्रै एक लाख भन्दा बढी जनताको हत्या गरेका थिए । त्यतिमात्रै हो र, उसको आँखा अगाडि पर्ने हरेक सुन्दरी महिलाका समेत अमीनले बलात्कार गरे ।

तर यो भन्दा डरलाग्दो कुरा त हालैमात्र मिडियामा सार्वजनिक भएको छ । इदी अमीनले मानिसको मासु पनि खान्थ्यो रे । मानिसको मासु खान शौखिन यो तानाशाहको फ्रिजबाट निकै धेरै मात्रामा मानिसका टाउको भेटिएका थिए ।

सन् १९२५ मा कोबोकामा जन्मेका इदि अमिनले हत्याका लागि हतियारको प्रयोग गर्दैनथ्यो । उसले मानिसलाई जिउँदै जमिनमा गाड्ने र केहीलाई पालिएको गोहीलाई खुवाउँथ्यो ।

सन् १९७९ मा तान्जानिया र अमीन बिरोधी युगाण्डा सेनाले हमला गरेपछि तानाशाह अमीनको शासनको अन्त्य भयो । अमिनले पनि तान्जानियामाथि हमलाको कोशीस गरेको हैन । तर अन्ततः उसले देश छोड्नु पर्यो । केही समय उसले लिबियामा शरण लिएको थियो । त्यसपछि साउदी अरब गएर बसेको अमीनको अगस्त २००३ मा मृत्यु भयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: