मन्टेश्वरीले चर्को शुल्क असुलेको भन्दै संयुक्त विद्यार्थी सङ्गठनद्वारा बिरोध

काठमाडौं, चैत २६ । संयुक्त विद्यार्थी सङ्गठनले मोन्टेश्वरी र अन्य निजी शैक्षिक सँस्थाको मनपरी शुल्क असुली विरुद्ध गम्भीर ध्यानाकर्षण गराएको छ । आज नेविसंघको केन्द्रिय कार्यलय धोविधारामा बसेको संयुक्त विद्यार्थीको बैठकले मन्टेश्वरी र अन्य निजी शैक्षिक संस्थाले शिक्षालाई व्यापारको माध्यमको रूपमा व्यापकता गरेको भन्दै यस्तो मनपरी तत्काल रोक्न सरोकारवालाहरुलाई  ध्यानाकर्षण गराएका हुन् ।

बैठकले मन्टैश्वरीले मासिक एक लाख बढी शुल्क उठाएको,अन्य निजी शैक्षिक सँस्थाले जथाभावी शुल्क उठाउनुका साथै सरकारले तोकेको शुल्कको मापदण्डमा नबसेको,शैक्षिक सँस्थाले पुस्तक, ड्रेस र आवश्यक शैक्षिक सामाग्रिमा सिन्डीकेट लगाएर व्यापार गर्ने गरेको रवैया प्रती खेद प्रकट गर्दै समयमै शैक्षिक अराजकता रोक्न जोडदार माग गरेको छ ।

त्यस्तै बैठकले दुरदराजका गाउँमा हुने पुस्तक अभावलाई समयमै निराकरण गर्न पनि माग गरेको छ।

यसैगरि छात्रावृत्ती समानताका साथ पारदर्शी बनाउन,अबैधानिकरूपले खोलिएका शैक्षिक सँस्थाको पहिचान गरी तत्काल बन्द गर्न र विना तयारी तथा विना पुर्वाधार थालिएको त्रिवीको सेमेस्टर प्रणाली तत्काल रोकी पुर्वाधारको समुन्नत विकास गरेर र तुरून्त खुला विश्वविद्यालयको स्थापन जरेर मात्र लागू गर्न माग गरेको वैठकमा सहभागी एवम् राप्रविसं महासचिव राज बस्नेतले जानकारी दिए ।

हेर्नुस प्रेस विज्ञप्ति

कमेन्ट गर्नुहोस्

%d bloggers like this: