कैलालीमा दललाई उम्मेदवार छान्न सकस

कैलाली, चैत २६ । सात नम्बर प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनौट गर्न राजनैतिक दलहरुलाइ समस्या भएको छ । प्रमुख राजनैतिक दलहरुले गाउं गाउंमा पुगेर चुनावी प्रचार प्रसार शुरु गरिसके पनि उम्मेदवार तय गर्न भने दलहरुलाइ कसलाई उम्मेदवार बनाउने भनेर टाउको दुखेको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द, राप्रपा लगायतका दलभित्र टिकटका आकांक्षी धेरै देखिएपछि दलहरु कोलाई उम्मेदवार छान्न मुश्कील परि रहेको छ। बनाउने भनेर अन्योलमा छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा अरु दल भन्दा टिकट वितरणमा त्यति समस्या नरहे पनि एमाले र कांग्रेसभित्र भने टिकटका आकांक्षीको ठूलो संख्या भएकाले कोलाई उम्मेदवार बनाउने भनेर निकै छलफल भइरहेको हो ।

सात नं प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा नेपाली कांग्रेसका तर्फवाट महाधिवेशन प्रतिनीधी कृष्णबहादुर महरा र नगर सभापति नृप ओड चुनावी मैदानमा देखिएका छन् । एमालेबाट मेयरका लागि पुर्व सभासद नारदमुनी राना र एमाले जिल्ला सचिव रण बहादुर चन्द दावेदारका रुपमा अगाडी देखिएका छन् ।

उपमहानगरपालिकामा माओवादीेन्द्रबाट पाँच जनाको नाम चर्चामा छ । केन्द्रिय सदस्य एवम् दुई पटक समानुपातिक उम्मेदवार रहि सकेका जनजातीबाट राम समझ राना दाबेदारका रुपमा छन् । अरु उम्मेदवारहरुमा पार्टीको नगर अध्यक्ष निर्मल शाह, केन्द्रिय सदस्य राधाकृष्ण अधिकारी, केन्द्रिय सदस्य तिलक बहादुर सिंह, केन्द्रिय सल्लाहाकार डिल्लीराज खड्काको नाम चर्चामा रहेको छ । राप्रपाबाट पनि तिन जनाको नाम चर्चामो छ । गत संविधान सभाको चुनावमा उठेका एवम् पुर्व केन्द्रिय सदस्य राजेश भण्डारी, नगर अध्यक्ष रोम स्वाँर, पुर्व केन्द्रिय सदस्य पुष्कर भट्टको नाम चर्चामा रहेको छ । धनगढी उपमहानगरपालिकामा राजनीतिक दलका नेता सँगै सुन्दर सुदूरपश्चिम अभियानका अभियान्ता उद्योगी गोपाल हमाल पनि स्वतन्त्र तर्फवाट मेयरको उम्मेदवारको चर्चामा छन । हमालले पनि भेटघाट तिव्र पारेका छन । ०४८मा धनगढीमा नेपाली कांग्रेसले निर्वाचन जितेको हो भने ०५४मा एमालेले निर्वाचन जितेको थियो ।

यसैगरी सुदूरपश्चिमको प्रमुख प्रवेशद्वार रहेको गोदावरी नगरपालिकामा पनि प्रमुख दलहरु उम्मेदवार छान्नमा ब्यस्त छन् । माओवादी केन्द्रले गोकर्ण भट्टलाइ गोदावरी नगरपालिकाको मेयरका लागि उम्मेदवार घोषणा गरिसकेको छ भने अरु दलहरु अहिले सम्म छलफलमा नै रहेका छन् । नेपाली कांग्रेसवाट गोदावरी नगरपालिकामा हेमप्रकास उप्रेती , बिरेन्द्र भट्ट सम्भाबित उमेदवारका रुपमा अगाडी देखिएका छन् । दुबै यो क्षेत्रमा लोकप्रिय मानिन्छन् । युवा पुस्ताका नेता लोकराज पाण्डेयको नाम पनि चार्चामा छ ।

गोदावरी नगरपालिकामा एमालेवाट पुराना नेता खम्व बुढा ,कृष्ण सुवेदी , चुनकुमारी चौधरी र भीम बोगटीको नाम चर्चामो छ । जनमोर्चाको पनि राम्रो उपस्थिति रहेको गोदावरी नगरपालिकामा हरिकृष्ण पाण्डेय चर्चामा रहेका छन् । गोदावरी संगै गौरीगंगा ,घोडाघोडी ,भजनी त्रिशक्ति नगरपालिकामा पनि उमेदवार आकांक्षीको ठूलो संख्या देखिएको छ ।

थारु वाहुल्य भजनी त्रिशक्ति, गौरीगंगा नगरपालिकामा सवै प्रमुख दलहरुवाट थारु सम्भाबित उम्मेदवारको सुचिमा थारु समुदायका नेता अगाडी देखिएका छन् । सवै राजनैतिक दलहरुले थारु मतदाता आफ्नो पक्षमा पार्न चौधरी समुदायका नेताहरुलाइ अगाडी सारेका छन् । कैलालीमा ६ वटा नगरपालिका, एउटा उपमहानगरपालिका र ६ वटा गाउं पालिका रहेका छन् ।

कमेन्ट गर्नुहोस्