हैसियताबिनाका ब्यक्तिलाई केन्द्रीय सदस्य बनाइदा वैद्य माओवादीमा खैलावैला

काठमाडौं, चैत २६ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवश्यकताका लागि भन्दै पाँच जनालाई केन्द्रीय सदस्यमा बढुवा गरेपछि पार्टीमा अहिले खैलाबैला मच्चिएको छ ।

स्थानीय तह चुनावका मुखमा केही पार्टीका बलिया हस्तीहरुले पनि पार्टी छाडेपछि
नेकपा क्रान्तिकारी माओवादीको सचिवालय वैठकले पाँच जनालाई केन्द्रीय सदस्यमा बढुवा गरेको थियो ।

बढुवा हुनेहरु पार्टीमा निश्क्रिय रहेका तथा केही वर्षअघि मात्रै पार्टीमा जोडिएकालगायत विभिन्न जबस मोर्चामासमेत जुनियर रहेकालाई बढुवा गरिएको भन्दै पार्टीभित्र खैलावैला मच्चिएको बुद्धनगर स्रोतले जनाएको छ । त्यस्तै विद्यार्थी, पत्रकार तथा जबसमा पनि पदाधिकारी भन्दा तल्लो हैसियतमा रहेकालाई केन्द्रीय सदस्य बनाइएकोमा त्यहाँका अन्यको आपत्ति रहेको छ ।

ललितपुरबाट गोविन्द पोखरेल, घाइते÷अपाङ्गको तर्फबाट अपिल, नेवाः राज्य कमजोर रहेको भन्दै सचिर महर्जन तथा हरीकृष्ण गजुरेललाई क्रान्तिकारी माओवादीले हालैमात्र केन्द्रीय सदस्यमा बढुवा गरेको छ ।

बढुवा भएका मध्ये केही नेताको आसपासमा रहने गरेका कारण केन्द्रीय सदस्य बनाएपछि हैसियतबिनाका ब्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी बढेको हो ।

कमेन्ट गर्नुहोस्