५५ लाखमा विक्री भएको आइन्सटाइनको चिट्ठी

काठमाडौं, चैत २६ । भौतिकशास्त्रका महान् वैज्ञानिक अर्ल्बट आइन्सटाइनले लेखेकोे एक चिट्ठी गत सातामात्रै अमेरिकाले लिलामीमा विक्री गरेको छ ।

करिब ५५ लाख रुपैयाँ अर्थात (५३ हजार ५०३ अमेरिकी डलर) विक्री गरिएको उक्त चिठी सन् १९५३ मा भौतिक विज्ञानको अध्यापन गरिरहेको समयमा आइन्सटाइनले एक लेखक एल कन्र्भसलाई लेखेको लाइभ साइन्सले जनाएको छ । उक्त चिट्ठी ‘नेट डी स्यान्र्डस् हाउस’ले लिलामी बढाबढमार्फत् बेचेको हो ।

‘नेट डी स्यान्र्डस् हाउस’काअनुसार गत मार्च ३० देखि लिलामी मूल्य करिब १६ लाख रुपैयाँ (१५ हजार डलर)बाट सुरु गरिएको थियो ।

‘नेट डी स्यान्र्डस् हाउस’का प्रवक्ता शम हैलरले उक्त चिट्ठी कैयौं वर्षदेखि ‘कन्र्भस’ परिवारको स्वामित्वमा रहेको बताइको छ ।

‘नेट डी स्यान्र्डस् हाउस’ले उक्त चिट्ठी खरिदकर्ताको सम्झौताअनुसार कसले खरिद गरे भन्नेबारे सार्वजनिक गर्न नसकिने उल्लेख गरेको छ ।

‘नेट डी स्यान्र्डस् हाउस’काअनुसार उक्त चिट्ठी आइन्सटाइनले सन् १९५३ को सेप्टेम्बर ४ का दिन प्रिन्सटन न्यू जर्सीमा रहेको ‘इन्स्टिच्यूट फर एडभान्स स्टडी सेन्टर’को कोठा नम्बर–११५ बाट पठाएका थिए ।

उक्त चिट्ठीमा आइन्सटाइनले उनको ‘सापेक्षताको सिद्धान्त’बारे परीक्षण गरेर कसरी समस्याहरु समाधान हुन्छ भन्नेबारे व्याख्या गरेका छन् ।

‘कन्र्भस’ एक विज्ञान शिक्षक थिए । उनले आइन्सटाइनलाई ‘इलेक्ट्रोस्टेटिकको सिद्धान्त’को परीक्षणबारे प्रश्नसहित चिट्ठी लेखेका थिए । तर, कन्र्भसले गरेको प्रश्न केसँग सम्बन्धित थियो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन् ।

उक्त चिट्ठीमा आइन्सटाइनले आफ्नै हातले कन्र्भसको १० प्रश्नको उत्तर दिएको बताइएको छ ।

आइन्सटाइनले चिट्ठीको सुरुआतमै विद्युतीय प्रवाहको शक्ति पृथ्वीको सतहको दुरीले निर्धारण गर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘पृथ्वीको सतह र बाह्य वायुमन्डलमा केहि फरक छ । यहि फरक विद्युतीय चापलाई इलेक्ट्रोस्कोप भनिन्छ ।’

तर, यस चिट्ठीमा लेखिएको सबै तथ्य अहिले नै सार्वजनिक गर्न नचाहेको खरिदकर्ताले बताएका छन् ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्