विश्वलाई मोहित पार्ने यी पाँच महिलाहरु, गत वर्ष पहिलाे नम्बरमा परेकी एन्जीला जाेली अाठाै स्थानमा

चैत २६ । बिश्वकै आकर्षक पार्ने महिलाहरुको सूचीको पहिलो स्थानमा बिश्वचर्चित पप गायिका बियोंसे परेकी छिन् ।

buzznet ले तयार पारेको सर्बेक्षणको नतिजाबाट वियाेंसेलाई विश्वलाई आकर्षित पार्ने महिलाको टप लिस्टमा पार्दै बिश्वकै आकर्षक महिलाको उपाधि दिईएको हो । सर्बेको दोस्रो स्थानमा बलिउड नायिका प्रियंका चोपड़ा परेकी छिन् ।

बिश्वकै दोस्रो आकर्षक महिलाको उपाधि पाएसँगै उनले ट्वीटमार्फत खुशी व्यक्त गरेकी छिन् ।
त्यस्तै तेस्रो नम्बरमा मोडल ट्रेलर हिलमा परेकी छिन् । अभिनेत्री एमा वॉटसन र पाँचौ नम्मरमा डकोटा जॉनसन रहेकी छिन् ।

पटक–पटक बिश्वकै आकर्षक महिलाको उपाधि जितेकी अभिनेत्री एंजलिना जोली यसपटक आठौं नम्बरमा परेकी छिन् ।

उनीहरु प्राय सबै मोडलिङ र सिने क्षेत्रका महिला हुन्, जसले विश्वलाई आफ्नो सुन्दरता प्रदर्शन गर्न सफल भएका छन् ।

उनीहरुको सुन्दरताभित्रको भित्री राज आकर्षक शारीरिक संरचनाका अतिरिक्त नियमित स्वास्थ्य हेरचाह, नियमित र जीवनप्रति हेर्ने सकारात्मक सोच र उत्साहलाई लिइएको छ ।

कमेन्ट गर्नुहोस्