महामन्त्री कोइरालाले भने, ‘अतिवादी सोचले राजनीतिक स्थिरता हुँदैन, अाउनुस निर्वाचानमा, सरकार तयार छ’

विराटनगर, चैत २६ । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि हर सम्भव प्रयास गरिरहेकाले यस्तो बेलामा पनि मधेसी मोर्चाले भने बखेडा झिक्न राम्रो नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले मोर्चालाई चुनावमा सहभागी गराउन प्रमुख दलसहित सरकार लचिलो भइरहेका बेला मोर्चा पनि लचिलो भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  अनुगमनमा मन्त्री, सहज आपूर्ति र गुणस्तर कायम गर्न जोड

उनले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि निर्वाचन सार्नसक्ने कुरामा समेत कांग्रेस तथा सरकारको तर्फबाट लचिलो भएको बताउँदै मोर्चाले अतिवादी सोचलाई त्यागेर निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

कोइरालाले भने, ‘अतिवादी सोचले नेपालको राजनीतिक स्थिरता हुँदैन, त्यसैले मोर्चा पनि निर्वाचनमा त आउन जरुरी नै छ ।’

याे पनि पढ्नुस  ‘स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन’

महामन्त्री कोइरालाले संविधानप्रति असन्तुष्टी जनाउँदै प्रक्रिया भन्दा बाहिर रहेकाले पनि मोर्चा संविधान कार्यावन्यन गर्न नचाहेको आशङ्का व्यक्त गर्दै चौतर्फी निर्वाचनमय माहौलको सिर्जना भइसकेकाले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने सुझाव दिए ।

ठूलो पार्टी काँग्रेस भएकाले सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दोस्रो मर्यादा क्रममा राख्नुपर्नेमा पनि उनको जोड थियो ।

याे पनि पढ्नुस  विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइट सेवा

कमेन्ट गर्नुहोस्